भारत छैटौंपटक विश्व च्याम्पियन

काठमाडौं: भारतको यू १९ क्रिकेट टोलीले छैटौंपटक विश्वकप जितेको छ। हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा आज सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई १०० रनले हराउदै भारत च्याम्पियन बन्यो।
भारतका वैभव सूर्यवंशीको १७५ रनको विस्फोटक इनिङ्सको मद्दतले भारतले इंग्ल्यान्डलाई ४१२ रनको विशाल लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको टोली ४०.२ ओभरमा ३११ रनमै अलआउट भयो । यससँगै भारतले कीर्तिमानी छैटौँ पटक अन्डर–१९ विश्वकपको उपाधि हात पारेको हो ।

यसअघि सन २०००,२००८,२०१२,२०१८ र २०२२ मा पनि भारत विश्वविजेता बनेको थियो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!