शिक्षक महासंघद्वारा भदाै दोस्रो हप्तादेखि आन्दोलन गर्ने घाेषणा

काठमाडौं: विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ गरेपछि नेपाल शिक्षक महासंघले पुनः आन्दोलन गर्ने भएको छ ।

महासंघको बिहीबार बसेको बैठकले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने घाेषणा गरेकाे हाे।

सरकारले समयमै विद्यालय शिक्षा ऐन जारी नगरेकाेले पुनः आन्दोलन गर्ने निर्णय भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयाे ।
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिएकाे छ ।

आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने जनाएको छ । त्यसअघि भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाइएकाे छ।

गत २० चैतदेखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको महासंघले शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिँदै आएको थियाे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!