करेन्ट लागेर बैतडीमा एक बालकको मृत्यु

बैतडी: करेन्ट लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ गिरीबगरका केशव कोलीका १३ वर्षीय छोरा किरण कोली रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
शनिबार दिउँसो साढे २ बजे स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गरिरहेका किरण नजिकै रहेको विद्युतको पोलमा छुनगई गम्भीर घाइते भएका थिए ।

घाइते किरणलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउदा चेकजाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता पाण्डेयले बताउनुभयो ।

किरणको शव गोकुलेश्वर अस्पतालमै रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!