काठमाडौं: नेपाल प्रेस युनियनको विधान संशोधन गर्न विधान सभा र १० औं महाधिवेशनकाे मिति तय भएकाे छ।
आज काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले विधान सभा मंसिरमा र १० औं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेकाे नेपाल प्रेस युनियनका महासचिव दिलिप पाैडेलले जानकारी दिनुभयाे।
