काठमाडौं: भारतीय ब्याटर विराट कोहलीले नयाँ रेकर्ड कायम गरेका छन्। काेहलीले एकदिवसीय क्रिकेटमा आफ्नो १४ हजार रन पूरा गर्दै सबैभन्दा छिटो १४ हजार रन बनाउने कीर्तिमान आफ्नाे नाममा लेखाए ।
आइतबार पाकिस्तानसँग खेलिएको आईसीसी च्याम्पियन्स ट्रफी अन्तरगतको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । यो उनको २९९ औं खेल हो भने उनले २८७ इनिङ्समा १४ हजार रन पूरा गरे।
यसअघि भारतका महान् ब्याटर सचिन तेन्दुल्करले ३५० इनिङ्समा १४ हजार रन पूरा गरेका थिए । त्यस्तै श्रीलंकका कुमार संगाकाराले ३७८ इनिङ्समा यो कोशेढुंगा पार गरेका थिए ।
कोहलीले ५७.८६ को औसतमा रन बनाएका छन् भने उनको स्ट्राइक रेट ९३.४४ रहेको छ। उनले एकदिवसीयमा हालसम्म ५० शतक र ७३ अर्धशतक बनाएका छन् ।
