यु-१९ एसिया कप: नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौं: युएईमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानमाथि सान्त्वना जित निकालेको छ ।

यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले आफ्नो अन्तिम खेलमा मङ्गलबार अफगानिस्तानलाई एक विकेटले हरायो । शारजाह क्रिकेट स्टेडियममा जितका लागि अफगानिस्तानले दिएको एक सय २४ रनको लक्ष्य नेपालले ४१।३ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि नरेन साउदले २६ रन बनाउनुभयो । कप्तान हेमन्त धामीले अविति २२, अर्जुन कुमालले २१ र अभिषेक तिवारीले १३ रन बनाउनुभयो । बलिङमा अफगानिस्तानका खातिर खान स्तानिकजाई र अल्लाह गजन्फरले तीन तीन विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान ३५।४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल सिनोजादाले ५२ र खातिर स्टानिकजाईले १५ रन बनाउनुभयो ।

बलिङमा नेपालका सन्तोष यादव र यूनिस ठकुरीले तीनरतीन विकेट लिनुभयो । हेमन्त धामी र अभिषेक तिवारीले दुई दुई विकेट झार्नुभयो । समूह ‘बी’ मा रहेको नेपाल यसअघि बङ्गलादेशसँग पाँच विकेट र श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!