भारतबाट फर्किरहेका एकजना झुलाघाटबाट महाकाली खसे

बैतडी:महाकाली नदीमा लडेर आज एक मजदुर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बैतडीको पुर्चाैडी नगरपालिका ५ कुवाकाेटका ३३ वर्षीय अमरसिंह धामी रहेका छन्।

भारतकाे पिथाैरागढबाट मजदुरी गरेर घर फर्किरहेका अमर नेपाल-भारत सीमानजिक बैतडीका दशरथचन्द नगरपालिका ८ झुलाघाटस्थित बसपार्क नजिकैबाट महाकाली लडेका हुन्।
बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासी चिप्लिएर महाकाली नदीमा खसेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।

बेपत्ता अमरकाे खाेजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ। यसका साथै खाेजीका लागि भारतीय सुरक्षाकर्मी एसएसबीलाई पनि आग्रह गरिएको छ।

लगातारकाे वर्षाले महाकालीकाे बहाव बढ्नुका साथै पानी धमिलाे भएकाले खाेजतलासमा समस्या भएकाे प्रवक्ता ढुंगानाले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!