बैतडी:बैतडी जिल्ला क्रिकेट संघ(बिडीसिए)काे नवाैं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ।
सदरमुकाम गाेठलापानीमा सम्पन्न साधारणसभाले उमेर समूहका क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने लगायतका निर्णय गर्दै सम्पन्न भएकाे बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयाे।
उहाँले भन्नुभयो,” उमेर समूहका क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने र क्रिकेटकाे विकासका कार्यक्रम गर्ने निर्णय भएका छन्।”
साधारणसभामा वार्षिक प्रतिवेदन पेसका साथै आगामी वर्षकाे नीति, कार्यक्रम तथा बजेट पारित भएका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयाे। उहाँले भन्नुभयाे,” साधारणसभामा वार्षिक प्रतिवेदनका साथै र आगामी वर्षकाे नीति,कार्यक्रम र बजेट पारित भएकाे छ ।”
साधारणसभामा बैतडी जिल्लाभरी रहेका विभिन्न १५ क्लबका प्रतिनिधि, बैतडी जिल्ला क्रिकेट संघ मातहत रहेका विभिन्न समितिहरूलगायतकाे सहभागिता रहेकाे थियाे।
साधारणसभाकाे उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले गर्नुभएको थियाे।
उद्घाटन समाराेहमा बाेल्दै अध्यक्ष चन्दले खेलाडी उत्पादनका लागि उमेर समूहका प्रतियोगिता हुनुपर्नेमा जाेड दिनुभयाे। उहाँले भन्नुभयाे,” खेलाडी उत्पादनका लागि जिल्लास्तरमै उमेर समूहका प्रतियोगिता हुनुपर्छ,साथसाथै उपयुक्त खेलमैदान निर्माण हुन पनि आवश्यक छ।”
ग्रास रूटमै क्रिकेट प्रतियोगिता सञ्चालनका लागि क्यानले पहल थालेकाे छ।भाैतिक संरचना निर्माणका लागि सरकार पनि सकारात्मक रहेकाे उहाँले बताउनुभयो ।

