काठमाडौं:
काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हरायो । पहिलो जित हात पारेको नेपालले माल्दिभ्सलाइ ३-० को सोझो सेटमा पराजित गरेको हो ।
माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २५-१६, २५-९, २५-१० ले पराजित गर्यो।
