काठमाडौं: भारतीय क्रिकेट टाेलीकाे कप्तानमा सुर्यकुमार यादव नियुक्त भएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टी–२० टाेलीकाे लागि सुर्यकुमारलाई कप्तानमा नियुक्त गरेकाे हाे ।
यसअघि हार्दिक पाण्डेयकाे पनि कप्तान हुने चर्चा रहेकाे थियाे।
कप्तानमा सुर्यकुमार ताेकिएसंगै यसअघि उपकप्तानका रूपमा रहेका हार्दिक पाण्डेय आउट भएका छन् ।
श्रीलङ्का भ्रमणका लागि टी–२० टोली सार्वजनिक गरेकाे टाेलीमा उपकप्तानबाट हार्दिकलाई हटाएर शुभमन गिललाई बनाएकाे छ।
भारतीय क्रिकेट टोलीले यसै महिना श्रीलङ्का भ्रमण गर्ने कार्यक्रम रहेको छ । श्रीलङ्का भ्रमणका क्रममा भारतीय टोलीले आयोजक राष्ट्रसँग तीन वटा टी–२० अन्तर्राष्ट्रिय र तीन वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।
भारतीय टोली पहिलो पटक नयाँ प्रमुख प्रशिक्षकको नेतृत्वमा श्रीलङ्का भ्रमणमा निस्कने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले हालै मात्र गौतम गम्भीरलाई भारतीय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियोे ।

