बैतडी: नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिले मात्रै देश नबन्ने बताउनुभएको छ। आजदेखि बैतडीको दाेगडाकेदार गाउँपालिकामा सुरु भएकाे साहित्य सम्मेलन तथा नेपाल-भारत गाेष्ठीमा बाेल्दै उहाँले राजनीतिले मात्रै देश सम्बृद्ध नहुने बताउनुभयाे।
नयाँ पुस्ता राजनीतिप्रति असन्तुष्ट र निराशा रहेकाे बताउदै उहाँले हरेक देशले कठिनलाईले सफलता प्राप्त हुन्छ। आजकाे अमेरिका बेलायत,चिन निकै कठिन परिस्थितिले अगाडि बढेर सम्बृद्ध बनेका हुन्। उहाँले भन्नुभयाे,” राजनीतिले मात्रै देश बन्दैन। समाजमा आशावादी जगाउने काम हुन आवश्यक छ। कुनै पनि देश गन्तव्यमा पुग्ने सपनाका साथ अगाडि बढ्नुपर्छ। सपना जगाइराख्नुपर्छ।”
यसकन साथै उहाँले पहिचानकाे राजनीति गर्न नहुनेमा जाेड दिनुभयाे।उहाँले भन्नुभयाे,”पहिचानकाे नाममा मिलेर बसेकाे नेपाली समाजलाई जातजाति र संसकृतिले बिभाजन गर्न खाेजिदै छ। जुन गलत छ। जातकाे,संस्कृतिकाे नाममा राजनीति गर्नु गलत हाे। समाजमा अतिबाद हावी भयाे। सबैले मिलेर जानुपर्छ। सहअस्तित्व सबैभन्दा महत्वपूर्ण छ।”
वरिष्ठ साहित्यकार समेत रहनुभएका ज्ञवालीले माैलिकतालाई आधुनिकतासंग जाेड्न आवश्यक रहेकाे औल्याउनुभयाे।
एक फरक प्रसंगमा परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले पञ्चेश्वर परियाेजना पूरा हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयाे,” पञ्चेश्वर परियाेजना बन्दा दुबै देशलाई फाइदा हुन्छ। परियाेजना अगाडि बढाउन दुबै देशले सहमति गर्नुपर्छ।”
श्रीकाेट बहुमुखी क्याम्पसमा सुरू भएकाे सम्मेलनमा नेपाल-भारतका एक सय बढी साहित्यकार र कविहरूकाे सहभागिता रहेकाे राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबावु लेखकले जानकारी दिनुभयाे ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । यसका साथै कवि गोष्ठी, विद्वानहरूकाे कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा स्थानीय पर्यटकीय स्थलको भ्रमण गराइने जनाइएको छ।
नेपाल र भारत सांस्कृतिक र साहित्यक हिसाबले पनि नजिक रहेका मुलुक भएकाले दुवै देशका साहित्यकारहरुको सहभागितामा सम्मेलनको आयोजना गरिएकाे दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयाे । मानसखण्ड संस्कृति दुवै देशको साझा संस्कृति भएकाले सम्मेलनमा भारतीय पक्षको समेत सहभागिता गराइने आयोजकले जनाएको छ । यसले दुवै देशको सम्बन्धमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ ।

