काठमाडौं: एसिया कप महिला टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्दैछन् । नेपाल यूएईबीचको खेल शुक्रबार दिउँसो सवा २ बजे शुरु हुनेछ ।
शुक्रबार नै दाेस्राे खेलमा भारत र पाकिस्तान खेल्दैछन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् ।
यसअघि फाइनलमा पुग्ने दुई वटा टोलीले एशिया कप खेल्न पाउने भए पनि पछि एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनल खेल्ने टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले पनि अवसर पाएका हुन् ।
एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुनेछ ।
नेपाली टाेलीमा इन्दु बर्मा कप्तान , रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी रहेका छन् ।
