बैतडी-काठमाडौं सम्पर्क समिति साउन १२ गते गठन हुने

बैतडी:
बैतडी-काठमाडौं सम्पर्क समिति गठनको तयारी भएको छ । यही साउन १२ गते बैतडी–काठमाडौं सम्पर्क समिति गठनको तयारी भएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

पार्टीको १४ औं महाधिवेशनपश्चात नेपाली कांग्रेस बैतडीले सम्पर्क समितिहरुलाई गठन गर्ने निर्णय गरेको थियो । सोहि निर्णयअनुसार बैतडी–काठमाडौं सम्पर्क समिति गठन गरिन लागिएको हो ।

सम्पर्क समिति गठनका लागि काठमाडौंको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एक कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा काठमाडौंमा बसोबास गर्ने नेपाली कांग्रेससंग आवद्ध सम्पूर्ण नेतागण,जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्य,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधिहरुलाई उपस्थितीका लागि अनुरोध गरिएको छ ।

यसका साथै क्षेत्रिय,पालिका,वडा कार्यसमिति,भातृ एवं शुभेच्छुक संस्था,क्रियाशिल सदस्य, बैतडी–काठमाडौं सम्पर्क समितिका निवर्तमान तथा पूर्व समितिका पदाधिकारी,सदस्य र सम्पूर्ण नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई पनि उपस्थितीका लागि अनुरोध गरिएको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!