नेविसंघ बैतडीको कार्यसमिति बिस्तार

बैतडी: नेपाली कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघ बैतडीको जिल्ला कार्यसमिति बिस्तार गरिएको छ ।

नेविसंघ बैतडीका अध्यक्ष दिपेन्द्रबहादुर ढुंगालले ९५ सदस्यीय जिल्ला कार्यसमिति बिस्तार गर्नुभएको हो ।

समितिको उपाध्यक्षमा अमरबहादुर टेर,दिपेन्द्रबहादुर बोहरा,भुवन भट्ट, सचिवमा धनी भट्ट,धनबहादुर चन्द,कोषाध्यक्ष अम्बिका जोशी,सहसचिवमा रोशन भट्ट,कबिता चन्द,नविन विष्ट,धनेश्वरी भट्ट,राहुल विष्ट,पुनम भट्ट,प्रकाश विष्ट र अन्य सदस्यहरु रहेका छन् ।

नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठौं २०७३ बमोजिम जिल्ला कार्यसमिति बिस्तार गरिएको अध्यक्ष ढुंगालले बताउनुभयो ।

ढुंगाललाई गत जेठमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजांग शेर्पाले जिल्ला अध्यक्षमा मनोनित गर्नुभएको थियो ।

नेपाल विद्यार्थी संघको विधि, विधान र मर्यादाभित्र रहेर संगठनलाई गतिशील बनाउन आग्रह गरिएको छ ।

नेविसंघ बैतडीको बिस्तार गरिएको समिति:-



Leave A Reply

Your email address will not be published.

error: Content is protected !!