नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसंगै नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पाैडेलले आह्वान गर्नुभएकाे छ।

राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि संविधानकाे धारा ७६(२) अनुसार आइतबार बेलुका ५ बजेसम्म दावी पेश गर्न आह्वान गर्नुभएको हाे ।

प्रचण्डले प्रतिनिधिसभामा शुक्रबार राखेको  विश्वासको मत माग्ने प्रस्तावको पक्षमा ६३  मत मात्रै पर्‍यो भने विपक्षमा १९४ मत पर्याे। मत दिन्न भन्नेमा एक मत पर्‍यो। 

प्रतिनिधिसभामा भएको मतदानमा २ सय ५८ सांसद उपस्थित रहनुभएकाे थियाे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!