काठमाडौं: दिल्ली गइरहेको यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
भारतको उत्तर प्रदेशमा पर्ने उन्नावमा आज बिहान आगरा–लखनऊ एक्सप्रेस वेमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा १४ जना पुरुष, ३ जना महिला र एक जना बालक रहेका छन् । यस्तै दुर्घटनामा १९ जना घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दूध बोकेको ट्याङ्करसँग ठोक्किएको बीबीसीले जनाएको छ ।
