चट्याङ र भारी वर्षा: १९ जनाको मृत्यु,७ घाइते

काठमाडौं: भारतमा भारी वर्षापछि चट्याङ लागेर १९ जनाएको मृत्यु भएको छ । भारतको को पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका हुन्।

वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर धेरैको मृत्यु भएको अधिकारीले बताएका छन्।

भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै सावधानीका लागि अलर्ट जारी गरेको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!