नेपाल पत्रकार महासंघको निर्वाचन तत्काल नहुने

काठमाडौं: नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको निर्वाचन तत्काल नहुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै तत्काल निर्वाचन हुन नसक्ने जनाएको हो ।

समितिले यसअघि असार २२ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । सदस्यता विवादका कारण उक्त मितिमा निर्वाचन नहुने जनाएको छ ।

सदस्यता विवाद नटुंगिएको र निर्वाचनको सहज वातावरण बन्न नसकेको भन्दै असार २२ मा निर्वाचन हुन नसक्ने विज्ञप्तिमार्फत भनेको छ ।

महासंघले यसअघि जेठ २६ गतेका लागि निर्वाचनको मिति तय गरेकोमा सदस्यता विवादकै कारण यही असार २२ गते शनिबारका दिन मतदानको समय तय गरेको थियो ।

अब निर्वाचन कहिले हुने निश्चित छैन ।

नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचनका कार्यक्रमहरु अघि बढाउने समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!