महाकाली राजमार्गमा कार दुर्घटना

बैतडी: महाकाली राजमार्गमा कार दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्। धनगढीबाट गाेकुलेश्वर जाँदै गरेकाे सु.प.प्र ०१००१ च ३८२१ नम्बरको कार राजमार्ग अन्तरगत बैतडीको सतबाँझ-गाेकुलेश्वर सडकखण्डकाे खाेचलेक नजिक दुर्घटनामा परेकाे हाे।
दुर्घटनामा परि कार चालक बैतडीको दशरथचन्द नगरपालिका १ गुरूखाेलाका नरेन्द्र भट्ट र दार्चुलाकाे शैल्यशिखर नगरपालिका ९ का शेर बहादुर बाेहरा घाइते भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयाे।
घाइते दुबैको अवस्था गम्भीर रहेकोले जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा डडेल्धुरा अस्पताल पठाइएको छ।
कार सडकदेखी १५० मिटर तल खसेको हो ।  कार दुर्घटनाको कारण कारण खुल्न सकेकाे छैन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!