काठमाडौं । सुनको भाउ लगातार बृद्धि भइरहेका बेला नूनको मूल्य पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार सुन आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ पनि २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय २५ रुपैयाँ पुगेको छ ।
यसैबीच साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आजदेखि नूनको मूल्य बढाएको छ ।
मूल्य बढेसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ रुपैयाँ पुगेको छ ।
न्यू शक्ति नून एक किलोको १७ रहेकोमा बढेर २० रुपैयाँ र भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।
