वर्षा बाधक,नेपाल एशियन खेलकुदबाट बाहिरियाे

काठमाडौं: जापानमा जारी एशियन खेलुकद अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको छ।

नागोयाको कोरोगी स्पोर्टस पार्कमा नेपाल र श्रीलंकाबीचको खेल टस पनि हुन नपाई रद्ध भएको हो । खेल नभए उच्च वरीयताको टोली अघिल्लो चरणमा जाने नियमानुसार  श्रीलङ्का सेमिफाइनलमा पुगेको छ । नेपाल भने प्रतियोगिताबाट बाहिरिएको हाे । 

टी–२० विश्व वरीयतामा श्रीलंका नवौं र नेपाल १४औं स्थानमा छ ।

नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित हुन पुगेको थियो । यसअघि हिजो तय भएका क्वाटरफाइनल खेल पनि वर्षाले रद्द भएका थिए ।

भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङबीच हुने तय रहेको क्वाटरफाइनल वर्षाका कारण रद्द भएको हो । त्यसपछि भारत र पाकिस्तान वरीयताका आधारमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!