काठमाडौं: आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जित्न दक्षिण अफ्रिकाले १ सय ७७ रनको लक्ष्य पाएको छ ।
बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनायो ।
भारतका विराट कोहलीले सर्वाधिक ७६ र अक्षर पटेल ४७ रन बनाए ।
दक्षिण अफ्रिकाका केशव महाराजले २, एनरिच नोर्कियाले २ , कागिसो रबाडा र मार्को यानसनले १–१ विकेट लिए ।
