यु-१९ राष्ट्रिय भलिबल: सुदूरपश्चिम तेस्रो हुन सफल

काडमाडौं: काठमाडौंमा जारी प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान हासिल गरेको छ।

शनिबार सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा सुदूरपश्चिमले २५-१९, २५-२३ ,२५-२१ को सेटमा बागमतीलाई हरायो ।

सेमिफाइनलमा सुदूरपश्चिम गण्डकी तथा बागमती लुम्बिनी प्रदेशसँग पराजित भएका थिए।

उपाधिका लागि गण्डकी तथा लुम्बिनी भिड्दैछन् ।

प्रतियोगितामा सबै प्रदेशका टोलीको सहभागिता रहेको थियो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!