चमेलियाकाे जाेखिम तत्काललाई हट्याे

दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टार क्षेत्रमा माथिबाट खसेको ठुलो पहिरोले थुनिएकाे चमेलिया नदी पूर्णरुपमा खुलेकाे छ।
अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरेका अनुसार शुक्रबार दिउँसो आंशिक रुपमा थुनिएकोमा शनिबार (आज) पूर्णरुपमा अवरोध हटेर निरन्तर रुपमा जल प्रवाह भइरहेको छ।

हाल उक्त स्थानमा पहिरो जाने क्रम रोकिएको र चमेलियाको जल प्रवाहमा कुनै अवरोध नभएको उनले बताए। प्राकृतिक विपत्ती जहाँ जतिबेला पनि हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रभावित क्षेत्र र नदी तटीय क्षेत्रका नागरिकलाई गाउँपालिकाबाट सूचना जारी गरिएको उनकाे भनाई छ । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!