कर्णाली शिवराजद्वारा महानायक हमालसँग साक्षात्कार

काठमाडौं: नेपाल भलिबल लिग (NVL) को फ्रेन्चाइज कर्णाली शिवराजले आफ्ना खेलाडीहरूका लागि महानायक राजेश हमालसँग भेटघाट तथा साक्षात्कार (Meet & Greet) कार्यक्रम आयोजना गरेको छ।

बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित कार्यक्रममा महानायक राजेश हमालसँगै टोलीका मुख्य प्रशिक्षक चन्द्र कुँवर, सहायक प्रशिक्षक दिपेन्द्रप्रसाद भट्ट तथा अन्य ८ जना खेलाडीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा कर्णाली शिवराजका प्रमुख सञ्चालन अधिकृत (COO) तथा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य ललिता नाथको समेत उपस्थिति रहेको थियो। त्यस्तै, कर्णाली शिवराजका CEO अशोककुमार भट्ट र MD कृष्ण बी.के.को पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रममा महानायक राजेश हमालले खेलाडीहरूसँग अन्तरक्रिया गर्दै आफ्नो अनुभव साझा गर्नुका साथै उनीहरूलाई प्रेरणादायी तथा मोटिभेसनल कुराहरू बताएका थिए। उनले खेलाडीहरूलाई आत्मविश्वासका साथ आफ्नो लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरेका थिए।

कार्यक्रममा नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टको समेत उपस्थिति रहेको थियो। उहाँले खेलाडीहरूलाई हौसला प्रदान गर्दै आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!