भारतको झुलाघाटमा इन्डो–नेपाल भलिबल हुने,बैतडीको टिम पनि जाने

बैतडी: मित्रराष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत सीमा झुलाघाटमा इन्डो–नेपाल पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
भारतले हरेक वर्ष अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गर्दछ ।
दिवसकै अवसरमा इन्डो–नेपाल पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।
उक्त प्रतियोगितामा बैतडी जिल्लाको टिक पनि सहभागी हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयो ।
टिम छनौटका लागि खेलकुद समितिले इच्छुक खेलाडीलाई सम्पर्कm गर्न अनुरोध गरेको छ ।
सम्पर्कमा आएका खेलाडीमध्ये उत्कृष्ट छनौट गरि प्रतियोगितामा सहभागी टिम बनाइने अध्यक्ष चन्दले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!