काठमाडौं: नेपाल भलिबल लिग (NVL) को पहिलो संस्करणका लागि कर्णाली शिवराजले नेपालका उत्कृष्ट आउटसाइड हिटर मध्येका एक पहल गहतराजलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
हाल नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिताहरू खेल्दै आएका पहल गहतराज राष्ट्रिय भलिबलका स्थापित खेलाडी हुन्। उनले विभिन्न राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई भरपर्दो आक्रमणकर्ता र रिसिभरका रूपमा स्थापित गरेका छन्।
उनको अनुभव, आक्रामक खेलशैली र निरन्तरताले कर्णाली शिवराजको टोलीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। अब उनी कर्णाली शिवराजको जर्सीमा टोलीको उपाधि यात्राको नेतृत्व गर्नेछन्।
कर्णाली टिमकाे मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुँवर,सहायक प्रशिक्षकमा दीपेन्द्र प्रसाद भट्ट यसअघि नै नियुक्त भइसकेका छन्।
