प्रहरी निरीक्षक खत्री “पुलिस अफ दी मन्थ” चुनिए

काठमाडौं: प्रहरी परिसर टेकु,काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक योगेश खत्री “पुलिस अफ दी मन्थ” का रुपमा चुनिएका छन् ।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील,कर्तव्यनिष्ठ एवं अपराध नियन्त्रण तथा अनुसन्धानात्मक प्रहरी काम कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई अनुभूति गराउने कार्य गरि आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा योगदानको कदर गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले खत्रीलाई जेठ महिनाको उत्कृष्ट प्रहरीका रुपमा प्रशंसापत्रसहित सम्मान गरेको हो ।

खत्रीलाई प्रहरी वरिष्ठ उपरिक्षक वसन्त रजौरेले प्रशंसापत्र प्रदान गर्नुभएको हो ।

आगामी दिनमा पनि काठमाडौं जिल्लाको अपराध,अनुसन्धान,नियन्त्रण र शान्तिसुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान खाचो रहेको पनि जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारीका रुपमा रहेका खत्रीको गत मंसिरमा प्रहरी परिसर टेकु,काठमाडौं काज सरूवा भएको थियो ।

बैतडी रहदा पनि उत्कृष्ट अपराध अनुसन्धान गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट समेत खत्री पुरस्कृत हुनुभएको थियो ।

खत्रीले विस २०७७ सालमा प्रहरी निरीक्षकबाटै सेवा प्रवेश गर्नुभएको हो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!