दीपेन्द्रले पाए कर्णाली शिवराजकाे सहायक प्रशिक्षककाे जिम्मेवारी

काठमाडौं: नेपाल भलिबल लिग (NVL) को पहिलो संस्करणका लागि फ्रेन्चाइज टोली कर्णाली शिवराजले कञ्चनपुरका दीपेन्द्र प्रसाद भट्टलाई टोलीको सहायक प्रशिक्षक (Assistant Coach) मा नियुक्त गरेको छ।

भट्ट नेपाली भलिबलका अनुभवी प्रशिक्षक हुन्। उनले राष्ट्रिय खेलकुद परिषद् (NSC) अन्तर्गत आयोजित Professional Coaching Conference–2083 मा सफलतापूर्वक सहभागिता जनाएका छन्। साथै, भारतको Sports Authority of India (SAI) – Netaji Subhas National Institute of Sports बाट Sports Coaching Certificate Course समेत पूरा गरेका छन्, जसले उनको प्राविधिक दक्षता र प्रशिक्षण अनुभवलाई थप मजबुत बनाएको छ।

कर्णाली शिवराजले पहिलो संस्करणदेखि नै प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने लक्ष्यका साथ अनुभवी प्रशिक्षकहरूको टोली तयार गरिरहेको छ। मुख्य प्रशिक्षकसँगको सहकार्यमा भट्टले खेलाडीहरूको विकास, रणनीति निर्माण तथा टोलीको समग्र प्रदर्शनलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने क्लबले विश्वास व्यक्त गरेको छ।

नेपाल भलिबल लिगको पहिलो संस्करणका लागि कर्णाली शिवराजले आफ्नो प्राविधिक टोलीलाई निरन्तर सुदृढ बनाउँदै उपाधि लक्ष्यसहित तयारीलाई तीव्र बनाइरहेको छ।
टिमकाे मुख्य प्रशिक्षकमा भने चन्द्रबहादुर कुँवर यसअघि नै नियुक्त भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!