बैतडी: बसमा सवार एक यात्रुकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका ९ तिचौराका ४२ बर्षीय कृष्णानन्द जोशी रहेका छन्।
महेन्द्रनगरबाट बैतडीका लागि छुटेकाे महाकाली यातायातकाे ना ४ ख ६३८४ नम्बरको बसमा कृष्णानन्द अत्तरियाबाट चढेका थिए।
बसमा सवार जोशी पाटन पुग्दा बेहोस भएका र जिल्ला अस्पताल बैतडी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयाे ।
सवार जोशी भारतबाट घर आउँदै गरेका बुझिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । जाेशीको मृत्युको कारण भने खुलीसकेको छैन् ।
बसमै बेहोस भएका व्यक्तिको मृत्यु भएपछि बस चालक जगदीश अवस्थी र सहचालक चन्द्रदेव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
