बैतडी जिल्ला क्रिकेट संघकाे अध्यक्षमा जाेशी निर्विरोध

बैतडी:बैतडी जिल्ला क्रिकेट संघको १०औं साधारणसभा तथा जिल्ला अधिवेशन आज सम्पन्न भएकाे छ।

अधिवेशनबाट लाेगराज जाेशीकाे नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएकाे हाे।

अध्यक्षमा जाेशीसँगै उपाध्यक्ष सिद्धराज बाेकटी,सचिवमा श्यामबहादुर चन्द, काेषाध्यक्षमा गणेश बहादुर चन्द निर्विरोध चयन हुनुभएको छ।

समितिका सदस्यहरूमा वीरसिंह बाेहरा,तर्कराज जाेशी, धर्मेन्द्र चन्द, विरेन्द्र भण्डारी, उत्तम चन्द, दीपेन्द्र भण्डारी, विनाेद चन्द, सुरत पार्की, महेशराज भट्ट,विरेन्द्र चन्द र द्राेपति कुँवर निर्विरोध हुनुभयाे।

नयाँ कार्यसमितिको कार्यकाल ४ वर्ष हुनेछ ।

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!