सुनितालाई दोगडाकेदारले नगदसहित सम्मान र उच्च शिक्षा नि:शुल्क पढाउने

बैतडी: काठमाडौंमा जारी राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिमको प्रदेशको प्रतिनिधित्व गर्दै हाईजम्पतर्फ स्वर्णपदक दिलाउन सफल बैतडीको दोगडाकेदार गाउँपालिका ८ रौलेश्वर मावि कालागाउँँमा अध्ययनरत छात्रा सुनिता पार्कीलाई दोगडाकेदार गाउँपालिका नगदसहित सम्मान गर्ने भएको छ ।

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीका अनुसार सुनितालाई रु १०५५५ नगदसहित सम्मान गरिनेछ ।

नगदसहित सम्मानका साथै सुनितालाई स्नातकोत्तर तहसम्म नि:शुल्क अध्ययनको समेत गाउँपालिकाले व्यवस्था गर्नेछ ।

गाउँपालिकाले सुनिताले श्रीकोट बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गर्न चाहेमा आवासीयसहित स्नातकोत्तर तहसम्म नि:शुल्क अध्ययनको व्यवस्था गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

खेलाडीको योगदान र हौसला प्रदान गर्दै उक्त व्यवस्था गरिएको जनाएको छ ।

खेलाडीलाई गरिने सम्मानले हौसला बढ्नुका साथै खेलक्षेत्रमा लागिरहन पे्ररणा मिल्ने गाउँपालिकाका खेलकुद प्रशिक्षक नरेन्द्र कार्कीले बताउनुभयो ।

दोगडाकेदार गाउँपालिकाले खेलकुल क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले बताउनुभयो।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!