स्वर्णपदक जित्ने खेलाडीलाई बैतडी जिल्ला खेलकुद समितिले सम्मान गर्ने

बैतडी: काठमाडौंमा जारी १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्दै स्वर्णपदक दिलाउने खेलाडीलाई सम्मान गरिने भएको छ।

बैतडी जिल्ला खेलकुद समितिले आफ्नाे जिल्लाका खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको हाे।

स्वर्णपदक जित्ने बैतडीका सबै खेलाडीलाई जनही ५५५५ रूपैयाँसहित सम्मान गरिने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयाे।

हालसम्म बैतडीका तीन जना खेलाडीले सुदूरपश्चिम प्रदेशलाई स्वर्ण दिलाएका छन् । १५ सय मिटरको दौडमा अस्मिता धानुक, हाइजम्पतर्फ सुनिता पार्की र सटपुटतर्फ पुजा साउँदले स्वर्ण हात पारेका छन्।

स्वर्णपदक हात पारिसकेका यी तिनैजना र बाँकी खेलहरूमा पनि स्वर्णपदक जितेमा ती खेलाडीलाई पनि नगदसहित सम्मान गरिने अध्यक्ष चन्दले बताउनुभयाे।

बैतडी र सुदुरपश्चिमलाई खेलकुदको माध्यमबाट चिनाउन महत्वपुर्ण भुमिका खेलेकाले उनीहरुकाे मनाेबल उच्च राख्न नगदसहित सम्मान गरिने जनाएको हाे।

बैतडी जिल्लाका खेलाडीले पनि यसअघि प्रदेशस्तरीय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।

राष्ट्रियस्तरमा पनि बैतडीका खेलाडीले ३ स्वर्ण जितेको सम्भवतः पहिलाेपटक रहेकाे अध्यक्ष चन्दले बताउनुभयो ।

बैतडी जिल्ला खेलकुद समितिले खेलाडीकाे क्षमता विकासका कार्यक्रम,नगदसहित सम्मान,कल्याणकारी काेष खडा गर्ने लगायतका विभिन्न काम कामहरू गरिरहेकाे छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!