सन्दीपकाे विश्वकीर्तिमान,तोडे अष्ट्रलियाका स्टार्कको रेकर्ड

काठमाडौं: नेपालका स्टार खेलाडी सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्वकै पहिलो खेलाडी बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी स्कटल्यान्डविरुद्धको खेलमा विकेट लिँदै उनले अष्ट्रलियाका मिचेल स्टार्कको नाममा रहेको उक्त विश्व रेकर्ड तोडेर आफ्नो नाम लेखाएका हुन् ।

स्टार्क ७७ खेल खेल्दै १ सय ५० विकेट पूरा गरेका थिए ।
सन्दीपले भने उक्त रेकर्ड तोड्ने क्रममा ७३ खेलमा १५० विकेट लिदैं आफ्नो नाममा विश्व कीर्तमान राखे ।

यसअघि सन्दीपले ४२ खेलमा १०० विकेट पुरा गरेर अफगानस्तानका रासिद खानको रेकर्ड आफ्नो नाममा दर्ज गरेका थिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!