बैतडी: बैतडीमा जारी उन्नाइस वर्षमुनीको क्रिकेट प्रतियोेगिता अन्र्तगत आज भएको खेलमा डिलाशैनीले त्रिपुरालाई ९४ रनले हराएको छ ।
जितका लागि पाएको २१७ रनको लक्ष्य पछ्याएको त्रिपुरा २१ ओभरमा १२२ रनमा समेटियो ।
जसमा कप्तान जय नाथ योगीले सर्वाधिक ४२ रन जोडे ।
डिलाशैनीका मनोज चन्द र आशिष बोहराले ३/३ विकेट झारे ।
यसअघि दशरथचन्द खेलमैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको डिलाशैनी ३५ दशमलब ३ ओभरमा २१६ रनमा अलआउट भयो ।
उसका मनोज चन्दले अर्धशतक हिर्काउँदै ७२ रनमा आउट भए ।
त्रिपुराका डम्बर महर र हरिश भण्डारीले २/२ विकेट लिए ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३१ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ टोली सहभागी छन् ।
