बैतडी: बैतडीमा आजदेखि उन्नाइस वर्षमुनीको जिल्लास्तरीय क्रिकेट छनौट प्रतियोगिता सुरु भएको छ ।
दशरथचन्द खेलमैदान,सुन्दरखालीमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा निङ्गलाशैनी क्लब विजयी भएको छ ।
निङ्गलाशैनीले टिम डिलाशैनीलाई ४७ रनले हरायो ।
जितका लागि पाएको १८५ रनको लक्ष्य पछ्याएको डिलाशैनी १८ दशमलब १ ओभरमा १३७ रनमा समेटियो । उसका मनोज चन्दले ७१ रनको अर्धशतकीय पारी खेलेपनि जित दिलाउन सकेनन् ।
निङ्गलाशैनीका विवेक चन्द र विक्रम बोहराले ३/३ विकेट हात पारे ।
यसअघि पहिला ब्याटिङ गरेको निङ्गलाशैनी २३ दशमलब ४ ओभरमा १८४ रनमा अलआउट भयो । जसमा रुपेश चन्दले ४६ रन हिर्काए।
बलिङमा डिलाशैनीका निर्मल धानुकले ४ विकेट झारे ।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा ७ टोली सहभागी छन् ।
