काभा महिला भलिबल च्याम्पियनसिप जेठ ८ देखि हुने

काठमाडौं: काभा महिला भलिबल च्याम्पियनसिप लिग आगामी जेठमा हुने भएको छ ।

नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा काठमाडौंको त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने प्रतियोगिता आगामी जेठ ८ गतेदेखि सुरु हुनेछ ।

जेठ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, काजकास्तान, कीर्गिस्तान र इरान गरी आठ राष्ट्रको सहभागिता रहने संघले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!