सुदूरपहाडमा सर्पदंश उपचार केन्द्र विस्तारकाे तयारी

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ । सन् २०३० सम्ममा सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने सरकारको लक्ष्यअनुरूप उपचार केन्द्र विस्तार गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सोही योजनाअनुरूप डडेल्धुराको जोगबुडा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिन लागेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला सदरमुकाममा रहेका अस्पतालमा भने सर्पदंशको उपचार सेवा पहिलेदेखि निरन्तर रूपमा सञ्चालनमा छ ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा नहुँदा बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहँदै आएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार विगतमा डडेल्धुराको परशुराम नगरपालिका, बैतडीको तल्लो स्वराड, पाटन, गोकुलेश्वर तथा डोटीमा सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!