जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ: सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप २२ जनाको नाम समावेश गर्दै जेनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेको हो ।

पछिल्लो पटक प्राप्त २५० जनामध्ये २२ जना मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेनजी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयको मापदण्डअनुसार जेनजी आन्दोलनका क्रममा घाइतेको सङ्ख्या दुई हजार ६६० पुगेको छ ।
केन्द्रका प्रमुख डा बुढाथोकीले ती २२ जनाको नाम गत भदौ २३ र २४ गतेको अस्पतालमा भएको ‘रेकर्ड’ र अस्पतालको प्रमुखले प्रमाणीकरण पठाएपछि मात्र मन्त्रालयले प्रमाणीकरण गरी सूचीकृत गरेको बताउनुभयो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका ९९ अस्पतालमा घाइतेको उपचार भएको थियो । नयाँ प्रमाणीकरण भएका २२ जनाको नाम गृहमन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो ।
जेनजी घाइतेहरूले अध्ययन गर्न कोटा, जागिर र उपचार पाउने गर्दछन् ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!