पूर्वसावधानीले गण्डकीमा डढेलोका घटना न्यून

गण्डकी: फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् । प्रिमनसुन अवधिमा भइरहेको वर्षा र पूर्वसावधानीका कारण डढेकोका घटनामा कमी आएको हो ।
प्रदेशको वन तथा वातावरण मन्त्रालयका वन अधिकृत तिलकबहादुर थापाले यस वर्ष डढेलोका घटना न्यून देखिएको बताउनुभयो ।

सुक्खा याम लम्बिँदा डढेलोका घटना धेरै हुने गरेकामा यसपालि पानी परिरहेकाले त्यस्तो अवस्था नआएको वन अधिकृत थापाले बताउनुभयो ।
विगतको तुलनामा सम्बन्धित सरकारी निकाय, सामुदायिक वन उपभोक्ता समूहलगायत स्थानीवासीले बढी सचेतना अपनाएका कारण पनि डढेलोका घटना नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ छ ।
डढेलाका घटना न्यून हुँदा वन क्षेत्रमा क्षति कम हुनुका साथै वायुमण्डलमा प्रर्दुषण पनि घटेको उहाँले बताउनुभयो । गत वर्ष पनि त्योभन्दा अघिल्लो वर्षको तुलनामा डढेलोका घटना कम भएका थिए ।
गत वर्ष वैशाख तेस्रो सातासम्ममा गण्डकी प्रदेशका जम्मा १९६ स्थानमा डढेलो लागेकामा यस वर्ष त्यो भन्दा कम हुने देखिएको वन अधिकृत थापाले बताउनुभयो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!