सिगासका लेखा अधिकृतकाे निधन,गाउँपालिकाले दियाे शाेक बिदा

बैतडी: बैतडीको सिगास गाउँपालिकामा कार्यरत लेखा अधिकृत टीका सिंह धामीको ब्रेन ट्युमरका कारण आज निधन भएकाे छ।
गाउँपालिका-३ चमडेखर्क घर भएका ३९ वर्षीय धामीकाे काठमाडौंस्थित अन्नपूर्ण न्युरोलोजिकल, इन्सिच्युट एण्ड अलाइड साइन्सेस अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया पश्चात् उपचारको क्रममा निधन भएकाे हाे ।

धामीकाे निधनले सिङ्गो गाउँपालिका परिवार र गाउँपालिकावासी अत्यन्तै मर्माहित, स्तब्ध र शोकमग्न भएको र एक इमान्दार, कर्तव्यनिष्ठ,अनुशासित र समर्पित कर्मचारी गुमाएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

दुःखत घडीमा अध्यक्षस्तरीय आजको निर्णयले
भाेलि बिहीबार पालिकाभरी शाेक बिदा दिइएको छ।

बिदाकाे दिन कार्यालय र मातहतका कार्यालयहरुवाट प्रवाह बन्द रहने गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत शंकर बहादुर बाेहराले बताउनुभयो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!