बैतडीका सञ्चारकर्मी बिसीको “ए फूल गुराँस” बजारमा

बैतडी : बैतडीका सञ्चारकर्मी लक्ष्मण बिसी सरोबरको नयाँ देउडा गीत “ए फूल गुराँस” सार्वजनिक भएको छ।
पत्रकार महासघ बैतडीका उपाध्यक्ष तथा सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जका स्टेशन म्यानेजर रहेका बिसीकाे गीत भिडियोसहित बजारमा आएको हो ।

गीतमा चर्चित गायक दिपक संगम बिसी र गायिका गौरी भट्टको सुमधुर स्वर सुन्न सकिन्छ। सुदूरपश्चिमेली मौलिक भाकालाई आधुनिक संगीतसँग उत्कृष्ट ढंगले संयोजन गरिएको यस गीतमा लय स्वयं सञ्चारकर्मी बिसीले तयार गरेका हुन्, जसले गीतलाई थप मौलिकता प्रदान गरेको छ।

रेकर्डिङ मधुमाला रेकर्डिङ स्टुडियोमा गरिएको हो भने गीतको एरेन्ज समेत गायक दिपक संगम बिसी आफैंले गरेका छन्। भिडियो दिपक संगम बिसीकै आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ। यसमा मोडल गीता ढुङ्गाना र दिपक संगम बिसीको जीवन्त अभिनय देख्न सकिन्छ, जसले गीतको भावलाई अझ गहिरो बनाएको छ। देउडा संस्कृतिको मौलिक झल्को, प्रेम र भावनाको समिश्रणले भिडियोलाई हेर्दै जाँदा दर्शकलाई बाँधिराख्ने सामर्थ्य राख्छ।

यसअघि पनि लक्ष्मण बिसी सरोबरका दुई गीत बजारमा आइसकेका छन्, जसले उनलाई सुदूरपश्चिमेली संगीत क्षेत्रमा चिनिएको नाम बनाइसकेको छ। नयाँ गीत “ए फूल गुराँस” ले उनको सांगीतिक यात्रालाई अझ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। बिसी साहित्य बिधामा पनि कलम चलाउने गरेको जनाईएको छ।

गीत सार्वजनिक भएसँगै श्रोता तथा दर्शकहरूलाई गीत सुनेर आफ्नो प्रतिक्रिया दिन समेत आग्रह गरिएको छ। स्थानीय कला, संस्कृति र देउडा परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको यस गीतले नेपाली लोकसंगीतमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
भिडियाे:-

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!