काठमाडौं: कीर्तिपुरमा सम्पन्न यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
योसँगै दुई खेलको टी–२० आई सिरिज एक–एकको बराबरीमा टुंगिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल ५७ बलमा ८४ रन बनाएर अविजित रहे । उनले १२ चौका र २ छक्का प्रहार गरे ।
कप्तान दीपेन्द्रसिंह ऐरी १७ बलमा २३ रन बनाएर अविजित रहे । ओपनर कुशल मल्ल १९ बल र सन्तोष यादव १ रन जोडेर आउट भए । बलिङमा युएईका मोहम्मद अरफान र निलंश केसवानीले एकएक विकेट लिए ।
नेपालका बलर सन्दीप लामिछानेले ३, हेमन्त धामीले २ विकेट लिए।
त्रिवि क्रिकेट मैदानमा अन्डर फ्लडलाइट पहिलाेपटक अन्तर्राष्ट्रिय खेल भएकाे हाे।

