बैतडीमा यू-१६ विद्यालयस्तरीय क्रिकेट: कालाशैनी र पाटन विजयी

बैतडी: बैतडीमा जारी यू-१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका खेलमा कालाशैनी मावि र पाटन भ्याली स्कुल विजयी भएका छन्।
पहिलाे खेलमा कालाशैनीले निङ्गलाशैनी माविलाई ६२ रनले हरायाे।
जितका लागि पाएकाे १७५ रनकाे लक्ष्य पछ्याएकाे निङ्गलाशैनी १७.४ ओभरमा ११२ रनमा समेटियाे।
जसमा विजय वाेहराले सर्वाधिक ४१ रन जाेडे।
यसअघि सुन्दरखाली मैदानमा पहिला ब्याटिङ गरेकाे कालाशैनीले निर्धारित २० ओभरमा १७४ रन बनायो ।
उसका मनाेज चन्दले ८७ रनकाे पारी खेल्दै प्लेयर अफ दी म्याच चुनिए।
निङ्गलाशैनीमा नवीन भाटले ६ विकेट लिए।
आजै भएको अर्काे खेलमा पाटनले एमजेसीलाई ७ विकेटले पराजित गर्याे।
८० रनकाे सामान्य लक्ष्य पाटन ७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा प्लेयर अफ दी म्याच समेत भएका निरज भट्टले ५१ रन हिर्काए।
बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजनामा वैशाख ५ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टाेलीकाे सहभागीता रहेकाे छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!