बैतडीमा यू-१६ विद्यालयस्तरीय क्रिकेट हुने, खेलतालिका सार्वजनिक

बैतडी:बैतडीमा शनिबारदेखि यू-१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिताकाे खेलतालिका समेत सार्वजनिक भएकाे बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयाे ।
प्रतियोगितामा सहभागी हुने आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा दशरथचन्द मावि,कालिका मावि,पाटन भ्याली र मेजर जेनेस्काेई चिल्ड्रेनेस् एकेडेमी रहेका छन्।
समूह बी मा निङ्गलाशैनी मावि,कालाशैनी,विरेन्द्र मावि र
नेशनल ब्राइटर एकेडेमीलाई राखिएको छ।
वैशाख ५ गते शनिबार हुने उद्घाटन खेलमा दशरथचन्द र कालिका भिड्दा साेही दिन हुने अर्काे खेलमा पाटन र मेजर खेल्नेछन् ।
वैशाख ६ गते हुने पहिलाे खेलमा दशरथचन्द र पाटन तथा दाेस्राे खेलमा कालिका र मेजर प्रतिस्पर्धा गर्नेछन् ।
वैशाख ७ गते मेजर र दशरथचन्द तथा कालिका र पाटन आमनेसामने हुनेछन् ।
सार्वजनिक तालिकाअनुसार वैशाख ८ गते निङ्गलाशैनी र कालाशैनी तथा विरेन्द्र र नेशनलबीच भिडन्त हुनेछ।
वैशाख ९ गते कालाशैनी र विरेन्द्र तथा निङ्गलाशैनी र नेशनल खेल्नेछन् ।
वैशाख १० गते निङ्गलाशैनी र विरेन्द्र तथा नेशनल र कालाशैनी भिड्नेछन् ।
वैशाख ११ गते सेमिफाइनल खेल हुनेछन् । पहिलाे सेमिफाइनलमा समूह ए काे विजेता र समूह बी काे उपविजेता भिड्दा दाेस्राेमा समूह बी काे विजेता र समूह ए काे उपविजेता खेल्नेछन् ।
प्रतियोगिताकाे उपाधि भिडन्त वैशाख १२ गते हुनेछ।
याे प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाे खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिताकाे लागि छनाेट गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दले जानकारी दिनुभयाे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!