पुर्चाैडी प्रिमियर लिग आजदेखि,उद्घाटनमा किंग्स र फोर्स भिड्दै

बैतडी: बैतडीको पुर्चाैडीमा आजदेखि पुर्चाैडी प्रिमियर लिग(पिपिएल) हुँदैछ ।
पुर्चाैडी नगरपालिका–१ स्थित कमल विशाल पार्क खेलमैदानमा हुने उद्घाटन खेल धामीगाउँ सुपर किंग्स र भण्डारी टेजर्स फोर्सबिच हुनेछ । आजै हुने अर्का खेलमा दहताल रोयल्स र रोयल च्यालेन्जरस् कुडी भिड्नेछन् ।

कूल १५ टिमको सहभागीता रहने प्रतियोगिताकाे विजेताले ५५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले २५ हजार ५५५ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन् ।

पुर्चौडी युथ क्रिकेट क्लबको आयोजनामा हुन गैरहेको नगस्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल वैशाख १० गते हुने क्लबका अध्यक्ष बीरबहादुर गडालले जानकारी दिनुभयो ।

चारवटा समूहमा खेलाइने खेलमा लिग चरणबाट समूह विजेता र समूह उपविजेता क्वालिफायर राउण्डमा प्रवेश गर्ने छन् ।

प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेट खेलकाे विकासमा मद्दत पुग्ने विश्वास गरिएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!