बैतडी: बैतडीकाे दशरथचन्द नगरपालिकाले महाप्रस्थान सेवा, माटाे परिक्षण ल्याब र कृषि एम्बुलेन्स सञ्चालन गरेकाे छ। नगरपालिकाले आफ्नो ३०औँ स्थापना दिवसका अवसरमा यी सेवाहरू सञ्चालनमा ल्याएकाे हाे।
किसानहरूले उत्पादन गरेको कृषि उपजलाई ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख दीपक कार्कीले जानकारी दिनुभयो ।
नगरपालिका र सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त लगानीमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हाे।
नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टका अनुसार स्थापना दिवसको अवसर पारेर माटो परीक्षण प्रयोगशालाको समेत उद्दघाटन गरिएको छ ।
यस्तै नगरपालिकाले शव नि:शुल्क शव वाहनको व्यवस्था समेत गरेको छ । नगर क्षेत्रभित्र नि:शुल्क रुपमा शव वाहन उपलब्ध गराइने जनाएको छ।
