काठमाडौं: श्रीलंकामा हुने एशिया कप महिला क्रिकेटको उद्घाटन खेलमा नेपाल र यूएई भिड्ने भएका छन् ।
एशियाली क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले उद्घाटन खेलमा यूएईसँग भिड्नेछ ।
दोस्रो खेलमा नेपालले जुलाई २१ मा पाकिस्तानसँग र जुलाई २३ तारिखमा भारतसँग खेल्नेछ।
आगामी जुलाई १९ तारिखदेखि २८ तारिखसम्म श्रीलंकामा हुने महिला एशिया कपमा ८ देशले भाग लिनेछन्।
एशिया कपमा नेपालसहित भारत, पाकिस्तान,यूएई, बंगलादेश, श्रीलंका, मलेशिया र थाइल्याण्डले प्रतिष्पर्धा गर्नेछन्।
नेपाल रहेको समूह ए मा भारत, पाकिस्तानजस्ता बलिया टोली रहेका छन्।

