बैतडी: जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड वैशाख ७ गतेदेखि

बैतडी: बैतडीमा १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि हुने भएको छ ।

जिल्ला खेलकुद समिति र दशरथचन्द नगरपालिकाकाे संयुुक्त आयाेजनामा प्रतियोगिता निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा वैशाख ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतियोगितामा छात्र / छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टका खेलहरू हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जाेशीले बताउनुभयो ।

जिल्लास्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराइदिन सबै पालिकाहरुलाई आग्रह समेत गरिएको छ । 
प्रतियोगितामा जिल्लाकाे डिलाशैनी गाउँपालिकाबाहेक सबै नाै वटै पालिकाकाे सहभागिता रहनेछ।

डिलाशैनीले पालिकास्तरिय रनिङ शिल्ड प्रतियोगिता नगरेकाले जिल्लास्तरिय प्रतियोगितामा सहभागी हुन पाउने छैन्।

पालिकामा खेलमैदान अभाव रहेकोले रनिङ शिल्ड प्रतियोगिता गर्न नसकेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताउनुभयो ।

गत वर्ष सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि पुर्चाैडी नगरपालिकाले जितेको थियाे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!