वीरगञ्जबाट निर्यात सुधारोन्मुख

वीरगञ्ज: वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ । गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट रु नौ अर्ब ९४ करोड बढीको निर्यात भएको छ ।

गत आवको सात महिनामा भने रू ५६ अर्ब ५४ करोड मूल्य बराबरका वस्तु तथा समान विदेशी मुलुक निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने निर्यातमा सुधारोन्मुख रहेको बताउनुभयो ।

चालु आवको सात महिनामा रु ३५ अर्ब ५८ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । रू चार अर्ब ९७ करोड मूल्य पर्ने फलफूलको जस निर्यात भएको छ ।
रू चार अर्ब ५८ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । रू तीन अर्ब ७७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ भने रू दुई अर्ब ३३ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ ।
रू एक अर्ब ५८ करोड मूल्य पर्ने सिन्थेटिक थार्न निर्यात भएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!